आहा! रारा गोल्डकपको फाइनल शनिबार, उपाधिका लागि जावलाखेल र सहारा भिड्ने
सहाराको ९ वर्षे र जावलाखेलको १४ वर्षे फाइनल यात्रा, दुवैलाई उपाधि जित्ने होड
पाेखरा | फागुन ७, २०८२
पोखरामा जारी २५ औं आहा! रारा पोखरा गोल्डकपको उपाधिका लागि आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएका छन् ।
उक्त खेल यही शनिबार पोखरा रंगशालामा हुनेछ ।
आज भएको सेमिफाइनल खेलमा पाहुना टोली आभा फुटबल क्लब उज्वेकिस्तानलाई १–० गोल अन्तरले पराजित गर्दै जावलाखेल १४ वर्षपछि आहा! रारा पोखरा गोल्डकपको फाइनमा प्रवेश गरेको हो ।
खेलको ५२ औं मिनेटमा जावलाखेलका धर्बेन्द्र कुँवरले क्रस गरेको बल आभा क्लबका डिफेन्डर कुसान गनीजानोभलाई लागेर चाली चुम्यो । सोही गोल नै जावलाखेलका लागि निर्णायक गोल बन्यो ।
निकै प्रतिस्पर्धात्मक बनेको खेलमा जावलाखेलका युवराज ढकालले उज्वेकिस्तानका सरदोरबेक फाउलका क्रममा मुक्का प्रहार गरेपछि जावलाखेलका युवराज रातो कार्डको शिकार बने ।
त्यपछि १० खेलाडीमा सीमित बनेको जावलाखेल दबाबमा पर्याे ।
त्यसपछि लगातार मुभ सिर्जना भएपनि गोलमा परिणत गर्न नसक्दा उज्वेकिस्तान सेमिफाइनलबाट बाहिरिन बाध्य बन्यो । उक्त खेलबाट जावलाखेलका जोखिद्जोन राखीमोभ म्यान अफ द म्याच बने ।
अब जावलाखेलले प्रतियोगिताको उपाधिका लागि आयोजक सहारा क्लबसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । आयोजक सहारा क्लब ९ वर्षपछि फाइनलमा प्रवेश गरेको हो भने, जावलाखेल १४ वर्षपछि उपाधि नजिक पुगेको हो ।
सहारा क्लब २०७३ सालमा मनाङसँग फाइनलमा १–० गोलले स्तब्ध बनेको थियो ।
यस्तै जावलाखेल २०६८ सालमा फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग २–० गोल अन्तरले पराजित हुँदै उपविजेता बनेको थियो ।
प्रतियोगिताको विजेताले १४ लाख १ हजार रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेता टिमले ७ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
चैत २७ देखि बैशाख ५ गतेसम्म हुने १४ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीव्र पारिएको छ। विष्णुपादुका क्लब हेमजाले शनिवार १४ राष्ट्रिय हेमजा आलु महोत्सव मूल आ...
नेपाल प्रहरीले गुण्डागर्दी, बिचौलिया, अभद्र व्यवहारलगायतका गैरकानुनी कार्यविरुद्ध विभिन्न स्थानमा सञ्चालन गरेको खोजी अभियानका क्रममा चार दिनमै दुई सय २६ जना पक्राउ गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता प्...
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

